सुनसरीको सप्तकोसी नदी किनारमा भएको कुटपिटको घटनामा थप दुई युवतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक थरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी कुटपिट गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ पक्राउ परेका छन्।
यसअघि सुनसरी बराहक्षेत्र नगरपालिका-१० की १९ वर्षीया प्रिति लिम्बु पक्राउ परिसकेकी थिइन्।
घटना गत असार २९ गते बराहक्षेत्र नगरपालिका चिहानडाँडामा भएको थियो। पाँच जना युवतीहरूको समूहले बराहक्षेत्र-९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई कुटपिट गरेका थिए।