ट्रान्सफर्मर पड्किँदा प्रहरीसहित १५ जनाको मृत्यु-Sutra News

ट्रान्सफर्मर पड्किँदा प्रहरीसहित १५ जनाको मृत्यु

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।



भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट