त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा क्विन्टल सुन बरामद भएको छ ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार अहिले पनि अपरेसन चलिरहेकाले सुनको मात्रा एकिन नभए पनि ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् ।
स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।