नेपाली बजारमा सुन र चाँदी अहिलेसम्मकै महँगो, तोडियो रेकर्ड, जान्नुस् कति पुग्यो तोलाको?-Sutra News

नेपाली बजारमा सुन र चाँदी अहिलेसम्मकै महँगो, तोडियो रेकर्ड, जान्नुस् कति पुग्यो तोलाको?

बिहिबार, ४ साउन २०८०

बिहिबार, ४ साउन २०८०

सुनको मूल्यले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ।



गत जेठ १९ गते मूल्यमा सुनको नयाँ रेकर्ड कायम भएको थियो।

सो दिन सुनको प्रतितोला मूल्य एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको थियो।

आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ बढ्दा सो दिन कायम भएको रेकर्ड तोडिएको हो।

सुनको मूल्य आज प्रति तोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ।

बुधबार तोलामा छ सय रुपैयाँ बढेकोमा आज हिजोको मुल्यमा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलाको मुल्य आज एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँ छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी सुनसँगै चाँदीको मुल्यले पनि बिहीबार आज नयाँ ऐतिहासिक रेकर्ड स्थापित गरेको छ।

बुधबार बनेको उच्च मूल्यको रेकर्ड बिहीवार तोडिएको छ।

बिहीवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।

आज प्रतितोला ५ रुपैयाँले बुधबार बनेको रेकर्ड तोडेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मुल्य प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट