बलिउडका मेगास्टार अमिताभ बच्चन जति आफ्नो फिल्मका लागि चर्चित छन्, उनी त्यति नै विवादका लागि पनि चर्चित छन्।
बलिउड मिडिया रिपोट्सहरुलाई विश्वास गर्ने हो भने एक समय यस्तो पनि थियो, अमिताभको वरीपरी खुव विवादहरुको थुप्रो थियो। उनीमाथि कयौं आरोपहरु लागे।
यी आरोप र विवादमाथि उनले एक टेलिभिजन कार्यक्रममा समेत कुरा गरेका छन्। सो कार्यक्रममा उनले आफूमाथि लागेको आरोपहरु सही सावित भएको खण्डमा आफू जेलसमेत जान तयार भएको बताएका थिए।
थुप्रै विवादमध्ये जग्गा विवाद पनि उनको नाममा चलेको चर्चित विवाद हो। उनले यही विवादका बारेमा बोल्ने क्रममा आफू गलत भए जेल जान तयार छु भनेका थिए।
उनले सो अन्तरवार्तामा आफू एउटा सार्वजनिक व्यक्तित्व धारण गरेका व्यक्तिको परिवारमा जन्मिएकाले सानैदेखि यस्ता कुराहरु के हुन् र यिनले कसरी काम गर्छन् भन्ने थाहा हुन्छ।
‘जब तपाईं यस्तो परिवारमा जन्मनु हुन्छ जहाँ तपाईंलाई जन्मदेखि नै सेलिब्रेटी ठानिन्छ। त्यसैले मैले सँधै भन्दै आएको छु कि म एउटा सार्वजनिक व्यक्तिका रुपमा जन्मिएको हुँ। मेरा पिताजी हिन्दी साहित्यका एक चिरपरिचित व्यक्ति हुनुहुन्थ्यो र म जहाँ पनि जान्थे मलाई बच्चनको छोराका रुपमा नै परिचित गराइन्थ्यो’, उनले भनेका थिए।
उनले आफ्नो हुर्काइ बढाइले यस्ता विवाद लगायतका कुराहरुले कसरी काम गर्छन् र ती के हुन भनेर पहिले नै थाहा भइसकेको हुने बताए।
‘हामी यस्तो माहोलमा हुर्कियौं, जहाँ हामीलाई थाहा हुन्छ कि कुराहरु कसरी चल्छन्। मानिसहरु कुरा गर्छन्, आलोचना गर्छन्, व्यंग्य गर्छन् तर ठीक छ। यो हाम्रो जीन्दगी हो, यो यसैको अंश हो। सेलिब्रेटी तथा सार्वजनिक व्यक्तित्व भएसँगै यी कुराहरु पनि आउँछन्’, उनले भने।
योसँगै अमिताभले आफूले छोरा अभिषेकलाई जीवनमा मन लागेको गर्नु तर त्यो भन्दा पहिले राम्रो मानिस बन्नु भनेर भन्ने गरेको बताएका थिए।