आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी सिनेमाको बक्स अफिस कमाइ सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले बिहीबार गत आर्थिक वर्षमा रिलिज भएका सिनेमाहरुको ग्रस कमाइ सार्वजनिक गरेको हो।
यो कुनै पनि कर कट्टा नभएको कमाइ हो। बोर्डले आफूले उपलब्ध गराएको विवरणमा मुभी कोडअनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी सिनेमाको ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।
कमाइसँगै रिलिज भएको मिति र टिकट बिक्री संख्या समेत सार्वजनिक गरिएको छ।
बोर्डले आज सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी तथा ७८ वटा विदेशी सिनेमा रिलिज भए।
यो सूचिमा हिन्दीमा डब भएको ‘प्रेमगीत-३’लाई नेपाली सिनेमाको सूचिमा राखिएको छ।
तथ्यांक अनुसार गत आर्थिक वर्षमा स्वदेशी सिनेमाका २७ लाख १६ हजार २१७ वटा टिकट बिक्री भए भने विदेशीतर्फ २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री भएको छ।
यसबाट स्वदेशी सिनेमाहरुले ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कमाइ गर्दा विदेशी सिनेमाले ७९ करोड ४३ लाख ४ हजार सात सय रुपैयाँ ग्रस कलेक्सन गरे।
प्रदर्शनरत दुई नेपाली कथानक सिनेमाहरु ‘बगान’ र ‘जारी’ तथा विदेशी सिनेमाहरु ‘मिसन इम्पोसिबल-७’ र ‘रेसिडेन्ट एभिल डेथ आइल्याण्ड’को भने असार ३१ गतेसम्मको कमाइमात्र तथ्यांकमा पेश गरिएको छ।
हेर्नुस्, कुन सिनेमाले कति कमाए?
स्वदेशी सिनेमातर्फको सूचि
विदेशीतर्फ