नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको हो।
पाइलट प्रोजेक्टका रूपमा पहिलो चरणमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
मन्त्रालयको सूचनामा बेलायत जान इच्छुकले आवेदन दिन सक्ने उल्लेख गरेको छ।
आज (शुक्रबार) देखि खुला भएको आवेदन कात्तिक २ गतेसम्म दिन सकिन्छ। आवेदनका यो लिंकमा गएर भर्न सकिनेछ।
आवेदन दिन चाहनेले पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेको हुनुका साथै न्यूनतम दुई वर्षको अनुभव हुनुपर्छ।
यस्तै आइइएलटिएसमा ७ स्कोर ल्याएको हुनुपर्ने प्रावधान छ।
नेपालबाट छनौट भइसकेपछि बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिले लिने परीक्षामा उत्तीर्ण गरेपछि मात्रै नर्सको स्थायी रोजगारी सुनिश्चत हुनेछ।