बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर फाल्न थालियो-Sutra News

बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर फाल्न थालियो

शुक्रबार, ५ साउन २०८०

शुक्रबार, ५ साउन २०८०

केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाँडा लैजान रोकिएको फोहोर प्रहरीको सुरक्षामा लगिएको हो । फोहोर लैजाँदै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।



यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन् । जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन ।

काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट