प्रकाशको ‘दमाई महाराज’, सन्देश सशक्त, फितलो भिडियो-Sutra News

प्रकाशको ‘दमाई महाराज’, सन्देश सशक्त, फितलो भिडियो

शुक्रबार, ५ साउन २०८०

शुक्रबार, ५ साउन २०८०

गायक प्रकाश सपूतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ।



महिला स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
गीतको शब्द तथा संगीत पनि स्वयंम सपुतकै हो।

२०८० साललाई जातिय छुवाछुत विरुद्धको वर्षका रुपमा मनाउने घोषणा गरेका सपुतले त्यही अभियान अन्तरगत यो गीत सार्वजनिक गरेका हुन्।

आज सार्वजनिक भएको ‘दमाईं महाराज’ गीतलाई ‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा प्रकाशले जातिय छुवाछुतविरुद्धको सन्देशलाई कथाको माध्यमबाट प्रस्तुत गरेका छन्।

भिडियोमा प्रकाश दश हजार महात्मा ईश्वर महाराज अर्थात दमाईं महाराज बनेका छन्। उनका अलावा भिडियोमा अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ ।

सप्ताहको परिवेशमा प्रकाशले जातीय विभेदविरुद्ध सन्देश दिएका छन्। यसलाई उनको ‘गलबन्दी’ गीतमा रहेको कथासँग जोडेका छन्।
प्रकाशले आफ्नै निर्देशनमा तयार पारेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायाँकन रहेको छ।

कस्तो छ त भिडियो?

यस गीतमा उनले जातिय छुवाछुतविरुद्ध शसक्त सन्देश दिएका छन्। भिडियोको अन्तमा आउने ट्विस्टले छुवाछुतको पीडा व्यक्त गरेको छ र छुवाछुतका कुरा मिथ्या हुन भन्ने सन्देश प्रवाह गरेको छ।

यसमा मानेमा बलियो रहेको भिडियोको सुरुवाती चरण भने संगीत कम कर्पोरेट हाउसको विज्ञापन प्रस्तुति ज्यादा लाग्छ। पटकपटक आउने तिनका लोगोले गीत हेरिरहँदा आँखालाई बिझाउँछ। यसमा सपुतले विज्ञापनदातालाई खुशी पार्ने नाममा भिडियोमा चरम दुरुपयोग गरेको भान हुन्छ।

विज्ञापनको दुनियाँमा यो खाले प्रयोग नौलो होइन तर यसको पनि एउटा सन्तुलन हुन्छ। विज्ञापनहरु दर्शक श्रोताले थाहै नपाउने किसिमले सुटयक्क घुसाइएको हुन्छ तर यो गीतमा यो खुल्लमखुल्ला छ।

उदाहरणका लागि ‘कोई मिल गया’ सिनेमाले ‘बर्नभिटा’लाई चलाखीपूर्ण तरिकाले ऋतिकले बोल्ने संवादमा घुसाएर प्रयोग गरेको छ। जुन कुरा सिनेमा हेर्दा महशुस हुँदैन तर मनोवैज्ञानिकरुपमा दर्शकलाई आफ्नो प्रचार गरेको हुन्छ, जुन कुरा सपुतको गीतमा छैन्। यही सन्तुलन बिग्रेकै कारण गीतको भिडियो कमजोर बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट