कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीको शव फेला परेको छ।
गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी बिहीबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले जनाएको छ।
मृत्युको कारण भने खुल्न सकेको छैन । अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ।