अदालतको आदेशपछि फेरि समातिए कलाधर देउजा-Sutra News

अदालतको आदेशपछि फेरि समातिए कलाधर देउजा

शुक्रबार, ५ साउन २०८०

शुक्रबार, ५ साउन २०८०

ललिता निवास जग्गा प्रकणमा पक्राउलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् ।



प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

अदालतले १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश आज खारेज भएपछि फेरि आरोपीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट