पुरुषले जन्माए छोरी : राखियो २ महिना गोप्य-Sutra News

पुरुषले जन्माए छोरी : राखियो २ महिना गोप्य

शनिबार, ६ साउन २०८०

शनिबार, ६ साउन २०८०

प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ। दुवै जना मिलेर मात्रै बच्चा जन्मन्छ, जसअनुसार एउटी महिलाले ९ महिना गर्भमा राखेर जन्म दिन्छिन् ।



तर के तपाईंले कहिल्यै पुरुषले बच्चा जन्माएको सुन्नुभएको छ ? आजकाल इंग्ल्याण्डका एक जोडी चर्चामा छन् किनभने उनीहरुको एउटा बच्चालाई बुवाले जन्म दिएका छन् ।

डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् । तर, ती बच्चा (केटी) लाई प्राकृतिक नियम र तरिकावाट जन्मेकी भने होइनन, तीनलाई आफ्नो पीताले जन्म दिएका हुन । वास्तवमा, ती पिता एक ट्रान्सजेन्डर पुरुष हुन्।

यसअघि उनको तीनवटा गर्भपात भएको थियो । जसअनुसार जुम्ल्याहाहरू २३ हप्तामा र २७ हप्तामा अर्को एक मृत जन्मेका थिए । त्यसपछि डाक्टरहरूले उनको अण्डा अपरिपक्व भएकाले निषेचन गर्न नसक्ने भएकाले उनले कहिल्यै बच्चा जन्माउन नसक्ने बताइदिए । त्यसपछि ती दम्पतीले ७७ लाखमा उपचार गराउने पनि सोचेका थिए । दुवैले स्पर्म डोनर मार्फत मात्र सन्तान जन्माउन पनि सक्थे तर त्यो त्यो बेला भने गरेनन ।

त्यस समयमा उनले पूर्ण रूपमा पुरुष बन्न टेस्टोस्टेरोन इन्जेक्सन लिइरहेका थिए । जनवरी २०२२ मा उनले यसलाई पूर्ण रूपमा सो इन्जेक्सन लिन छोडे । यसअघि उनले २७ महिनादेखि पुरुष हर्मोनको इन्जेक्सन लिइरहेका थिए, जसको मद्दतले उनी पूर्णरुपमा पुरुष बन्न लागिसकेका थिए । तर बाबुआमा बन्ने चाहनामा उनले त्यो इन्जेक्सन लिन छाडेको मिडिया रिपोर्टमा उल्लेख छ । यसपछि जोडीले अनलाइन स्पर्म डोनरलाई भेटे र सेलेब्स मात्र ६ महिना भित्रमा नै गर्भवती भइदिए ।

सेलेबको बेबी बम्प बढ्दै जाँदा धेरै मानिसहरूले ट्रान्सजेन्डर बुबा गर्भवती भएको देख्न थाले । उनले भने कि उनका धेरैजसो साथीहरू र परिवारले उनलाई समर्थन गरेका थिए तर केहीले सुझाव दिए कि पुरुषहरू गर्भवती हुन सक्दैन, यो काम नगर । तर, मे २०२३ मा वेस्ट सफोक अस्पतालमा छोरीलाई जन्म दिए । आफ्नो गोपनियता कायम राख्नका लागि उनलाई निजी कोठामा मात्रै राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट