लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा बलात्कार सम्वन्धी घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएका जजक सम्वन्धी मुद्दाको तथ्यांकले सो देखाएको हो ।
प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बलात्कार सम्वन्धी सातवटा र बलात्कारसम्बन्धी अन्य सातवटा मुद्दा दर्ता भएका हुन् । सो बाहेक जिल्लामा चारवटा मुद्दा बालयौन दुर्व्यवहारसम्बन्धी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका बलात्कारका घटनामा अधिकांश पिडितहरु २० वर्ष भन्दा कम उमेर समुहका बालिकाहरु रहेका छन् । बढदो बेरोजगार, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७८/७९ को एक वर्षे अवधपमा २० वटा बलात्कार र तीनवटा जजक उद्योगसम्बन्धी घटना भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आव २०७७/७८ मा जजक सम्वन्धी १६ वटा र जजक उद्योग सम्वन्धी चारवटा मुद्दा परेको थियो ।