कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई-Sutra News

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

शनिबार, ६ साउन २०८०

शनिबार, ६ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि इटाली गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले गर्ने भएका हुन् ।



राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री खड्काले सम्हाल्ने छन्।

कतार एयरलाइन्सको उडानमार्फत् शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट