मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली-Sutra News

मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली

शनिबार, ६ साउन २०८०

शनिबार, ६ साउन २०८०

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको दाबी गरेका छन् ।



प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।

‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दु:खदायी विषय हो’, उनले भने ।

एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पूरा गरिदिने कडी बनेको उनको भनाइ थियो ।

यस्तै सरकारले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाइ थियो । भ्रस्टाचारको छानबिन गर्न पहिला सरकारमा रहेकाहहरू सफा हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट