बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु-Sutra News

बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु

आइतबार, ७ साउन २०८०

आइतबार, ७ साउन २०८०

मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो ।

महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ । जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट