खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मार्फत पाँच जनाले पाए पल्सर बाइक-Sutra News

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’मार्फत पाँच जनाले पाए पल्सर बाइक

आइतबार, ७ साउन २०८०

आइतबार, ७ साउन २०८०

डिजिटल भुक्तानी सिस्टम खल्तीको खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ।



योजनाअन्तर्गत ५ जनाले पल्सर एन-१६०, २ जनाले आइफोन १४, वानप्लस ११ र हिराको औंठी जितेका छन् ।

यसका साथै स्क्र्याच कार्डमार्फत ग्राहकले ५० स्मार्टवाच, ३० इयरबड, ५०० वटा चलचित्रको टिकट पाएका थिए।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसको सफलताले आगामी दिनमा डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहित गर्न थप योजना ल्याउने उत्साह मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट