भारतमा पहिरो जाँदा २७ को शव मृत्यु, ६० जना बेपत्ता-Sutra News

भारतमा पहिरो जाँदा २७ को शव मृत्यु, ६० जना बेपत्ता

आइतबार, ७ साउन २०८०

आइतबार, ७ साउन २०८०

भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने कम्तीमा ६० जना बेपत्ता भएका छन् ।



मुम्बईबाट करिब १०० किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

“हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट