राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच शिष्टाचार भेट-Sutra News

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच शिष्टाचार भेट

आइतबार, ७ साउन २०८०

आइतबार, ७ साउन २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्युरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।
तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए।
भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौं आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट