इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए र सो डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्याएको थियो । त्यही क्रममा यो घटना भएको हो ।