सेयर बजार साढे २६ अङ्कले घट्यो-Sutra News

सेयर बजार साढे २६ अङ्कले घट्यो

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

सेयर बजारमापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले घटेको छ । आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ । आइतबार ६३ अङ्कले बढेको थियो ।



आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता सेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट