व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु-Sutra News

व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।



हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेको देखिएको छ ।

उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । “दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,” सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बर को मिडिल स्कुलको जिम आइतबार दिउँसो ३ बजेतिर ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट