नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको आलोचना गर्दा सभापति देउवानिकट केहीले सभापतिलाई गाली गरेको भन्दै विरोध गरेकोमा शर्माले यसबारे बुझ्नुपर्ने बताए ।
उनले भने, ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ । आलोचना र गालीबीच फरक छ साथी हो।’
सभापतिले विधानअनुसार केन्द्रीय समिति पूर्णता नदिएको, विभाग र भ्रातृ संस्था नबनाएकोमा आफूहरूले आलोचना गरेको उनले बताए।
‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न तर साथीहरू सभापतिलाई गाली गर्यो भन्नुहुन्छ,’ उनले भने।