नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालमा १५औं महाधिवशेन हुनुपर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले २०८२ सालमा महाधिवेशन गर्नैपर्ने बताएका हुन् ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको अर्को निर्वाचन २०८४ मा हुनेछ । निर्वाचनभन्दा २ वर्षअघि कांग्रेसको महाधिवेशन गरेमा चुनावमा असर नहुने थापाको भनाइ छ ।