इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन इटाली पुगेका प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुख लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शनिबार इटाली प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका थिए ।
अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।