आफ्नो कार अर्को कारमा ठोक्किएपछि मन्त्रीले दिए राजीनामा-Sutra News

आफ्नो कार अर्को कारमा ठोक्किएपछि मन्त्रीले दिए राजीनामा

मंगलबार, ९ साउन २०८०

मंगलबार, ९ साउन २०८०

न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।



दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो। न्यूजिल्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन ।

उनका अनुसार उनी माथि लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रहरीलाई उद्धृत गर्दै आरएनजेडले भन्यो, ‘दुर्घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको अवस्थाबारे अनुसन्धान गर्न प्रहरीलाई सहयोग गरिरहेको छ । दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भएको थियो। तर दुर्घटनामा कोही पनि घाइते भएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट