डेंगुबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो-Sutra News

डेंगुबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो ।

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट