सुन तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता-Sutra News

सुन तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो १ बजेर ५० मिनेटमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।



प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् ।

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि रास्वपाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिसभामा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट