प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको बर्बरतापूर्ण हत्या !-Sutra News

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको बर्बरतापूर्ण हत्या !

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

सोमबार राति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको बर्बरतापूर्ण रुपमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार होटल सञ्चालक सँगको विवादमा सञ्चालन र निजको छोराले पौडेलको टाउकोमा मरणासन्न हुनेगरी मुक्का हानेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।



बडीगाडका प्रहरी इन्चार्ज पौडेलको बर्बरतापूर्वक गरिएको हत्याको सम्बन्धमा अनुसन्धान माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सत्ता पक्षका सांसद देवेन्द्र पौडेलले घटनाको तथ्यगत अनुसन्धान गर्न र दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट