२६ करोडभन्दा बढी राजश्व सङ्कलन-Sutra News

२६ करोडभन्दा बढी राजश्व सङ्कलन

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया आर्थिक वर्ष २०७९/८० मा २६ करोड बढी राजश्व सङ्कलन गरेको छ ।



प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष चार करोड ४२ लाख ५६ हजार बढी राजश्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले दुई करोड ४६ लाख ७० हजार ५०० राजश्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले तीन करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले दुई करोड ७६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै पर्साले तीन करोड ४२ लाख ६५ हजार, रौतहटले तीन करोड एक लाख चार हजार, महोतरीले तीन करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले रू दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट