सुत्रन्युजले दिनभरका समाचार एकैपटक हेर्न सजिलो होस् भनेर दिनभरका २५ वटा समाचारको प्याकेज बनाएको छ । आज हेर्नुस् प्रमुख समाचारहरू :
-सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, साउन १५ गतेसम्मका लागि सदन स्थगित ।
-कांग्रेस सांसद सुनिल शर्माले संसद्बाटै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा, क्विन्टलका क्विन्टल सुन भित्रिँदा पनि भरियामात्रै पक्राउ पर्ने र उनीहरूलाईमात्रै जेल हाल्ने षड्यन्त्र भएको भन्दै सदनभित्रै आमरण अनशन थाल्ने चेतावनी ।
-एमाले संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ : सरकारले देश लुट्न खोज्दैछ, अब चुप बस्न हुँदैन, सुन तस्करीमा उच्चस्तरीय सेटिङ छ ।
-कोशी प्रदेश गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भएको थियो ।
-सत्तापक्षले सदनमा जलहरीको चर्चा चलाएर एयरपोर्टबाट सुन तस्करी गरेको पुष्टि भएको एमाले सांसद ठाकुर गैरेको दाबी, सरकारले सेटिङमा तस्करी गरेको आरोप ।
-सुन तस्करीमा जोडिएका माओवादी नेता महरामाथि अनुसन्धान नगरेकोमा एमालेले सदनमा उठायो प्रश्न : विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्विटलका स्वीटल सुन भित्र्याउँने काम भइरहेको एमाले सचेतक पदम गिरीको आरोप ।
-सुन तस्करीमा कर्मचारी सरुवा गर्ने कि जिम्मेवार निकायका प्रमुखलाई बर्खास्त गर्ने ? भन्दै संसदमा गर्जिए रवि लामिछाने, सुन तस्करीबारे रास्वपाले दर्ता गर्यो सार्वजनिक महत्वको प्रस्ताव, गृहमन्त्रीको राजीनामा नमाग्ने ।
-सदनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको प्रश्न : सरकारले भरिया समातेर सुन तस्कर छाड्न खोजेको हो ? सुन प्रकरणको निष्पक्ष छानबिन गर्न माग, नेपाल सुन तस्करीको ट्रान्जिट बनेको दाबी ।
-संगठनात्मक अराजकता र कार्यक्रमविहिनता अन्त्य गर्न विशेष महाधिवेशनको तयारीमा माओवादी, आठौं महाधिवेशन पछिको समीक्षा गर्न केन्द्रीय समितिको बैठक साउन १७ गतेदेखि बस्दै ।
-सेनाको संख्या बढाएर दुई लाख बनाउन बामदेव गौतमको प्रस्ताव : देश निर्माण, औधोगिक र कृषि उत्पादन क्षेत्रमा परिचालन गर्न माग, सेनाको संख्या घटाउनु पर्छ भन्नेहरुलाई सेनाले खेलेको भुमिका र गौरव गाथा पढ्न आग्रह ।
-बानेश्वरमा प्रहरी र लघुवित्त पीडितबीच धकेलाधकेल: लघुवित्त संस्था खारेज हुनुपर्ने पिडितको माग, निषेधित क्षेत्र तोड्न खोज्ने केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा ।
-खर्च विवरण नबुझाउने २ हजार ४३५ जना उम्मेदवारमाथि आयोगको एक्सन : गगनदेखि रेखा थापासम्मलाई १५ हजार जरिवाना, उम्मेदवारलाई कारवाही गर्ने निर्णयमा कानुनको अपव्याख्या भएको जानकारहरूको ठहर, निर्वाचन आयोग आयोग नै भन्छ ‘त्रुटि भयो’ ।
-ललिता निवास प्रकरणमा पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुखलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासद्वारा बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार ।
-निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ५ वर्ष पूरा, परिवार अझै न्यायको पर्खाइमा, २०७५ साउन ११ गते उखुबारीमा फेला परेको थियो पन्तको शव ।
-बागलुङमा वरिष्ठ सईको हत्या होटल सञ्चालकले नै गरेको प्रहरीको निस्कर्ष, होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय बिनोद कुँवर पक्राउ ।
-नवलपरासीमा जङ्गली च्याउ खाँदा २ को मृत्यु, ३ जना बिरामी, बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किए ।
-दाङमा पछिल्लो पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु, एक सय ७४ पुरुष र ५४ जना महिलाको डुबेर मृत्यु भएको तथ्यांक सार्वजनिक
-बालिका बलात्कार प्रकरणमा एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुद्दा नचल्ने सरकारी वकिल कार्यालयको निर्णय,कर्मचारीविरुद्ध भने मुद्दा चलाइयो ।
-पछिल्लो समय देशभर डेंगु फैलिँदै : संक्रमितको संख्या ४ हजार २८९ पुग्यो, धरानमा मात्रै मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु, ६९ जिल्लामा डेंगु संक्रमण फैलियो
-अब सवारीसाधन नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि जारी गर्र्यो ११ बुँदे घोषणापत्र, आगामी कार्तिक मसान्तभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने घोषणा
-डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको चाप, कर्जा विस्तार गर्न कठिन, ११ वाणिज्य बैंक र ७ विकास बैंकको पुँजीकोषमा चाप देखियो, बैंकहरूको आधार दर घट्यो, ऋणको ब्याज अझै सस्तो हुने ।
-सेयर बजारको गिरावट बुधबार पनि जारी, ८.११ अंकले घट्यो नेप्से, २ अर्ब ४३ करोड रुपैयाँको कारोबार, बजारको आगामी यात्रा मौद्रिक नीति कार्यान्वयनको सर्कुलर जारी गरेपछि मात्र तय हुने जानकारहरूको भनाइ ।
-नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’, बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको प्रसंसा, वार्षिक कार्यसम्पादन, रणनीतिक वृद्धि, ग्राहकमैत्री सेवा र शाखारहित बैंकिङ सेवामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सर्वोत्कृष्ट ।
-भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव पेस, मणिपुरमा भड्किएको हिंसाका विषयमा मोदीले संसदमा जवाफ दिनुपर्ने विपक्षीको माग मोदीद्वारा अस्वीकार ।
-श्रीलंकाको घरेलु टिमसँगको अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट हुँदा श्रीलंकन टिमले २४.३ ओभर पुरा गर्र्यो नेपालले दिएको झिनो लक्ष्य ।