अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, १२ साउन २०८०

शुक्रबार, १२ साउन २०८०

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।



आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्राइम टेलिभिजनको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट