राजश्व अनुसन्धान विभागले भन्यो : ७३२ केजी सुन गायब-Sutra News

राजश्व अनुसन्धान विभागले भन्यो : ७३२ केजी सुन गायब

शुक्रबार, १२ साउन २०८०

शुक्रबार, १२ साउन २०८०

गत बुधबार बरामद गरिएका रेडी ट्रेडर्सको गोदाममा छापा मार्दा सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो बरामद गरेपछि सुन पनि छ भन्ने राजश्व अनुसन्धान विभागले आशा गरेको थियो ।



तर, सुन तस्करीमा संलग्न आरोपमा रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदामबाट बरामद गरिएको‘ब्रेक शु’ बाट सुन झिकेको प्रारम्भिक अनुसन्धानले देखाएको विभागले जनाएको छ ।

विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको हो । विभागका अनुसार १ हजार ३२० थानभन्दा बढी ‘ब्रेक शु’ बाट सुन झिक्दा समग्रमा ७३२.६ केजी सुन झिकेर रिप्याक भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट