प्रचण्डले एमालेको पैसामा खाए, हिसाब बुझाएनन् : ओली-Sutra News

प्रचण्डले एमालेको पैसामा खाए, हिसाब बुझाएनन् : ओली

शुक्रबार, १२ साउन २०८०

शुक्रबार, १२ साउन २०८०

नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणको बेलाको हिसाब किताव अझै नबुझाएको आरोप लगाएका छन् ।



भक्तपुरमा आयाजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले प्रचण्डले एमालेको रकममा मस्ती गरेर हिसाव नबुझाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘उनले पार्टीमा आफ्नो हिसाब किताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् केही पनि गरेनन् त्यो आफ्नै बनाएर राखे किन कि उसलाई पार्टी कब्जा र उद्देश्यबाट समाप्त पार्न सकिएन भने अलग हुनुपर्छ भन्ने पहिले नै थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट