‘गरिब होइन गरिबी हटाऊ’-Sutra News

‘गरिब होइन गरिबी हटाऊ’

शनिबार, १३ साउन २०८०

शनिबार, १३ साउन २०८०

फुटपाथ व्यवसायीहरूले गरिखान दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।



उनीहरूलेले शनिबार विभिन्न प्लेकार्डसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।

उनीहरूले सडक व्यवसायीलाई पुनर्स्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरुलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने बताए । उनले व्यवसाय गर्ने वातावरण नहुँदासम्म प्रदर्शन गरिरहने पनि बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट