फरक मतको त्रासले अनिश्चितकालका लागि बैठक स्थगित-Sutra News

फरक मतको त्रासले अनिश्चितकालका लागि बैठक स्थगित

शनिबार, १३ साउन २०८०

शनिबार, १३ साउन २०८०
samajbadi

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । झलनाथ खनालले फरक मत राख्ने बुझिएपछि स्थगन गरिएको बुझिएको छ ।



अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् । पर्याप्त तयारी हुन नसकेको कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

यसअघि साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट