जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ६ वटा बाघ छन् । उनीहरूलाई हरेक हरेक शनिबार ब्रत राखिन्छ ।
यसअघि एकादशीको दिन बाघलाई भोकै राखिन्थ्यो तर अहिले हरेक शनिबार भोकै राखिन्छ । स्वास्थ्यकै लागि हप्तामा एक दिन आहारा नदिइएको सदर चिडियाखानाले जनाएको छ ।
तर आज भने शनिबार भए पनि बाघ दिवस परेकोले बाघलाई आहारा खुवाइएको छ । वातावरणमन्त्री डाक्टर विरेन्द्र यादवले आज बिहानै चिडियाखाना पुगेर बाघलाई आहारा दिएका हुन् ।
सामान्यतया चिडिया खानाका बाघलाई एक दिनमा एभरेजमा ५ किलो मासु आहाराको रुपमा दिने गरिन्छ ।