टिकटक लाइभमै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाको अनैतिक क्रियाकलाप-Sutra News

टिकटक लाइभमै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाको अनैतिक क्रियाकलाप

आइतबार, १४ साउन २०८०

आइतबार, १४ साउन २०८०

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको अन्तरंग दृश्य समेटिएको भिडियो टिकटक लाईभमार्फत बाहिरिएको छ । निरौलाले आफ्नो पालिकाको क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको हो ।



अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी भने होइनन् ।

दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौंमा बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ । स्रोतका अनुसार उनी स्थानीय एक व्यवसायीको पूर्वपत्न्नी हुन् । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे । दमक नगरपालिकाकै एक पूर्वप्रमुख प्रशासकीय अधिकृतले पनि भाइरल भिडियोमा देखिएको कोठा दमक नगरपालिकाको क्वार्टर नै रहेको जानकारी दिए ।

विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो । यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् । यता दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट