सरकारी गाडीको ठक्करबाट दुई जना घाइते-Sutra News

सरकारी गाडीको ठक्करबाट दुई जना घाइते

आइतबार, १४ साउन २०८०

आइतबार, १४ साउन २०८०

दाङमा सरकारी गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।



पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिएको थियो।

लमही नगरपालिका–९ तेलिया निवासी ३३ वर्षीय मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५२ वर्षीय मानबहादुर कुमाल गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। यतिबेला घाइतेहरूलाईगि लमही अस्पताल लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट