सरकारको काम हेरेर नागरिकमा आशा बढेको छ : प्रधानमन्त्री-Sutra News

सरकारको काम हेरेर नागरिकमा आशा बढेको छ : प्रधानमन्त्री

बुधबार, १७ साउन २०८०

बुधबार, १७ साउन २०८०

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नागरिकमा सरकारप्रति आशा बढेको दाबी गरेका छन् ।



प्रधानमन्त्री दाहालले देशको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट नागरिकमा आशा जगाउने काम गरेको बताए । पार्टीको बैठकले नागरिकमा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर आउँदो रणनीति र कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुनेछ । बैठकमा ३८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी ७५८ जना सहभागी छन् ।

यसअघि आजै बिहान बसेको स्थायी कमिटी बैठकले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट