विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डे पक्राउ-Sutra News

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डे पक्राउ

बुधबार, १७ साउन २०८०

बुधबार, १७ साउन २०८०

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा भगवती पाण्डे पक्राउ परेकी छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र त्यसबाट जन्मेकाहरूको सोचबारे गलत अभिव्यक्ति दिएकी थिइन्।

बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट