डिम्याट खाता नवीकरण नगरेसम्म मेरो सेयर रोक्का रहने-Sutra News

डिम्याट खाता नवीकरण नगरेसम्म मेरो सेयर रोक्का रहने

बुधबार, १७ साउन २०८०

बुधबार, १७ साउन २०८०

सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो ।



लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयरमात्र नवीकरण गरी प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट