सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्दै सरकारको पूर्णता दिएका हुन् ।
भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।