भरिया समातेर सरकारले ठूला माछालाई संरक्षण गर्‍यो : शाही-Sutra News

भरिया समातेर सरकारले ठूला माछालाई संरक्षण गर्‍यो : शाही

बुधबार, १७ साउन २०८०

बुधबार, १७ साउन २०८०

प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन्।



‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतीमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषि हुन्छन्?’

उनले एक क्वीन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए।

सुन तस्करी काण्डको छानविन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई बेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट