प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने-Sutra News

प्रधानमन्त्रीको निर्देशनपछि सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने

शुक्रबार, १९ साउन २०८०

शुक्रबार, १९ साउन २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्विन्टल सुन तस्करीको अनुसन्धानको नेतृत्व गर्ने भएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।

सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट