बस दुर्घटना हुँदा ५ जनाको मृत्यु-Sutra News

बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

शनिबार, २० साउन २०८०

शनिबार, २० साउन २०८०

पूर्वी इक्वेडरको पिचिन्चा प्रान्तमा शुक्रबार एउटा अन्तरप्रदेशीय बस पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।



एकीकृत सुरक्षा सेवाले जनाएअनुसार पिफो–पापलाक्ता राजमार्गमा शुक्रबार बिहानै दुर्घटना भएको हो । बस सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना नाबालिग रहेका छन् ।

विज्ञप्तिमा जनाइएअनुसार सो दुर्घटनाको खबर प्राप्त गरेपछि क्विटो फायर डिपार्टमेन्ट र राष्ट्रिय प्रहरिको विशेष एकाइ घटनास्थलमा पठाइएको थियो । घाइतेहरीलाई आवश्यक उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट