सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो : गुरु घिमिरे-Sutra News

सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो : गुरु घिमिरे

शनिबार, २० साउन २०८०

शनिबार, २० साउन २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन् । सरकारले अहिलेसम्मका विभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उनको आरोप छ।



शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने काम मात्रै गर्न नहुने बताए । यस्ता प्रकरणमा सरकारले जात्रा देखाउने काममात्र नगरेर टुंगोमा पुग्ने गरी काम गर्नुपर्ने बताए।

‘कुनै पनि छानविनको जनताले विश्वास गर्न सक्या छैन् । फाइल खोल्ने काम मात्रै होइन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनुपर्छ । राजनीतिकबाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुँदैन थियो,’ उनले भने।

७५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचार बढ्नु र जनताले सरकार नै नभएको महशुस गर्नु चिन्ताको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट