बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ ।
प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी रु १८ करोड १० लाख १५ हजार सात सय ३१ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दीपक रेग्मीले बताए ।
बागमती प्रदेशभरिमा सबैभन्दा बढी चितवनबाट रु एक करोड २६ लाख नौ सय ६० बराबरको सात सय ४६ ग्राम सुन, तीन सय ८१ क्युफिट अवैध काठबाट रु १३ लाख ४१ हजार चार सय ७१ र अवैध अन्य सामग्रीबाट करिब रु पाँच करोड ४४ लाख २२ हजार तीन सय ८३ गरी रु छ करोड ८३ लाख ६४ हजार आठ सय १५ बराबरको भन्सारजन्य सामग्री बरामद भएको र १९ जना पक्राउ भएको रेग्मीले बताए ।