माओवादीमा नेताहरूको विभागीय जिम्मेवारी फेरबदल-Sutra News

माओवादीमा नेताहरूको विभागीय जिम्मेवारी फेरबदल

आइतबार, २१ साउन २०८०

आइतबार, २१ साउन २०८०

नेकपा माओवादी केन्द्रले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।



१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको विभाग फेरबदल गरेका हुन् ।

लुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरूको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदूरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट