नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे । शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेका थिए ।
तर एमाले सांसदहरुले अध्यक्षको आग्रह नमानेपछि बुधबार सम्मका लागि बैठक स्थगित गरिएको छ ।